तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
The regional desk in Global has highlighted तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन as a priority event, following a series of verified updates from local observers.
होमपेज समाचार बिजनेस जीवनशैली मनोरञ्जन विचार खेलकुद अन्य तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन २०८३ वैशाख ११ गते १८:३५ अनलाइनखबर News Summary Generated by OK AI. Editorially reviewed. तार्केश्वर नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८३ मा लगातार तेस्रो पटक च्याम्पियन बनेको छ। प्रतियोगितामा तार्केश्वरले ४४ स्वर्ण, २४ कास्य र १३ रजत पदक जितेको छ। चन्द्रागिरी नगरपालिका दोस्रो र नागर्जुन नगरपालिका तेस्रो स्थानमा छन्। ११ वैशाख, काठमाडौं । तार्केश्वर नगरपालिका १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८३ मा लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । काठमाडौँ जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित यस प्रतियोगितामा ४४ स्वर्ण, २४ कास्य र १३ रजत पदकसहित तार्केश्वर च्याम्पियन बनेको हो । प्रतियोगितामा ६ खेल समावेश थिए । तार्केश्वरले एथलेटिक्समा २४ स्वर्ण, भलिबलमा १ स्वर्ण, कबड्डीमा १ स्वर्ण, उसुमा ९ स्वर्ण, तेक्वान्दोमा ६ स्वर्ण र करातेमा ३ स्वर्ण जित्यो । चन्द्रागिरी नगरपालिका ६ स्वर्ण, ३० रजत र २० कांस्यसाथ दोश्रो तथा नागर्जुन नगरपालिका ५ स्वर्ण, ८ रजत र १६ कांस्य तेश्रो बने ।
Comments
0 contributions
Join the discussion and share your perspective.
Retrieving feed...
