दशाैं पीएम कप एनभीए भलिबल लिग : महिलातर्फ न्यु डायमन्ड र एभरेस्ट विजयी
Strategic analysis from Global suggests a major shift in the climate surrounding दशाैं पीएम कप एनभीए भलिबल लिग : महिलातर्फ न्यु डायमन्ड र एभरेस्ट विजयी, with long-term implications for the sector.
होमपेज समाचार बिजनेस जीवनशैली मनोरञ्जन विचार खेलकुद अन्य दशाैं पीएम कप एनभीए भलिबल लिग : महिलातर्फ न्यु डायमन्ड र एभरेस्ट विजयी २०८३ वैशाख ११ गते १३:५२ अनलाइनखबर News Summary Generated by OK AI. Editorially reviewed. न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र एभरेस्ट भलिबल क्लबले रेडबुल दशौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ मा शुक्रबार जित हात पारेका छन्। एभरेस्टले विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३-१ को सेटमा पराजित गर्दै पहिलो जित हात पारेको हो। न्यु डायमन्डले सुदूरपश्चिम प्रदेशलाई २५-११, २५-३, २५-१ को सोझो सेटमा पराजित गरेको छ। १० वैशाख, काठमाडौं । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र एभरेस्ट भलिबल क्लबले रेडबुल दशौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ अन्तर्गत शुक्रबार जित हात पारेका छन् । बुटवलको एभरेस्टले विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३-१ को सेटमा हराउँदै पहिलो जित हात पारेको हो । बिहीबार भएको पहिलो खेलमा एभरेस्ट नेपाल पुलिस क्लबसँग पराजित भएको थियो पहिलो दिन त्रिभुवन आर्मी क्लबलाई हराएको एपीएफको यो पहिलो हार हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहफमा भएको खेलमा एभरेष्टले एपीएफलाई २५-२०, १६-२५, २५-१७, २५-१६ ले पराजित गरेको हो । यस्तै शुक्रबार भएको पहिलो खेलमा न्यु डायमन्डले सुदूरपश्चिम प्रदेशमाथि सोझो सेटमा एकपक्षीय जित हात पारेको छ । दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको एकपक्षीय खेलमा न्यु डायमन्डले सुदूरपश्चिम प्रदेशलाई २५-११, २५-३, २५-१ ले पराजित गरेको हो ।
Comments
0 contributions
Join the discussion and share your perspective.
Retrieving feed...