भोक नलागी खाना खाने बानी पर्न सक्छ भारी
Strategic analysis from Global suggests a major shift in the climate surrounding भोक नलागी खाना खाने बानी पर्न सक्छ भारी, with long-term implications for the sector.
दिनभरि निश्चित समयमा मुख्य खाना खाने बानी बसाल्दा शरीरले पनि त्यहीअनुसार भोकको संकेत दिन थाल्छ । आधुनिक जीवनशैलीसँगै खानपानका बानीहरू तीव्र रूपमा बदलिरहेका छन् । व्यस्त समयतालिका, तनाव, सामाजिक भेटघाट, मोबाइल हेर्दै खाने बानी, बारम्बार स्न्याक्स खाने चलन तथा समय मिलाउनका लागि जबर्जस्ती खाने प्रवृत्ति बढ्दो छ । यस्ता कारणले धेरै मानिसले भोक नलागीकनै खाना खाने गर्छन् । पहिलो नजरमा यो सामान्य बानीजस्तो लागे पनि दीर्घकालमा यसले शरीरको प्राकृतिक प्रणालीमा असर पार्न सक्छ । शरीरले भोक लाग्दा मात्रै खाना माग्ने संकेत दिन्छ । जब भोक नलागीकन खाना खाइन्छ, शरीरको पाचन प्रणाली पूर्णरूपमा तयार नहुन सक्छ । यसले गर्दा खाना राम्रोसँग नपच्ने, पेट भारी हुने, डकार आउने, ग्यास भरिने, अम्लपित्त बढ्ने, अपच हुने तथा खाना खाएपछि आलस्य महसुस हुने समस्या देखिन सक्छ । खाना पचाउन पेटले एसिड, एन्जाइम र आन्द्राले सक्रिय रूपमा काम गर्नुपर्छ । तर भोक नलागेको अवस्थामा यी प्रक्रिया सामान्यभन्दा कम सक्रिय हुन सक्छन् । त्यसैले खाना पेटमा लामो समय बस्ने, पेट फुल्ने, कब्जियत वा असहजता हुने सम्भावना बढ्छ । शरीरमा भोक र तृप्ति नियन्त्रण गर्ने मुख्य हर्मोन घ्रेलिन र लेप्टिन हुन् । घ्रेलिनले भोकको संकेत दिन्छ भने लेप्टिनले पेट भरिएको जानकारी दिन्छ । बारम्बार भोक नलागीकन खाने बानीले यी हर्मोनको संकेत प्रणाली बिगार्न सक्छ । त्यसपछि सही समयमा भोक लागेको महसुस नहुने र धेरै खाने बानी बस्न सक्छ । शरीरलाई ऊर्जा आवश्यक नभएको बेला खाना खाँदा अतिरिक्त क्यालोरी बोसोका रूपमा जम्मा हुन थाल्छ । यसले बिस्तारै तौल बढाउँछ । विशेषगरी मिठा पेय पदार्थ, प्रशोधित खाना, चिप्स, बिस्कुट वा तारेको खानेकुरा भोक नलागीकन खाने बानीले मोटोपना
Comments
0 contributions
Join the discussion and share your perspective.
Retrieving feed...





