घरेलु शृंखलामा तेस्रो जित निकाल्ने नेपालको लक्ष्य
The regional desk in Global has highlighted घरेलु शृंखलामा तेस्रो जित निकाल्ने नेपालको लक्ष्य as a priority event, following a series of verified updates from local observers.
अघिल्लो खेलकै टिम कम्बिनेसनका साथ खेलेर जितको लय दोहोर्याउँदै यस शृंखलामा तेस्रो जित निकाल्ने लक्ष्यमा नेपाल हुनेछ । २१ वैशाख, काठमाडौं । पछिल्ला वर्षहरूमा नेपाली क्रिकेट टोलीको सदाबहार ओपनिङ जोडीको रूपमा रहेका कुशल भुर्तेल र आसिफ शेख गत शुक्रबार यूएईसँगको खेलमा खेलेनन् । पछिल्लो समयको खराब लय अनि निराशाजनक प्रदर्शनपछि दुवै ओपनरलाई बाहिर राख्दा युवा अर्जुन कुमाल र अनुभवी विनोद भण्डारीलाई नेपालको प्लेइङ ११ मा मौका दिइएको थियो । उक्त खेलमा नेपालको ब्याटिङ सुधारिएको देखियो पनि । त्यसकारण अब कम्तीमा मंगलबार हुने नेपाल र ओमानबीचको खेलमा यही ओपनिङ जोडीले निरन्तरता पाउने कुरा विदितै देखिन्छ । अनि, सम्भवत: यही टिम कम्बिनेसनका साथ खेलेर अघिल्लो जितको लय दोहोर्याउँदै यस शृंखलामा तेस्रो जित निकाल्ने लक्ष्यमा नेपाल हुनेछ । यद्यपी नेपालले अन्य केही क्षेत्रमा पनि सुधार गर्नुपर्ने अवस्था भने कायम नै छ । कप्तान रोहित पौडेल र टप अर्डर ब्याटर भीम सार्की आफ्नो उत्कृष्ट लयमा नहुनु अर्को समस्याका रूपमा यथावत् छ । हाल नेपालको मध्यक्रम ब्याटिङ उपकप्तान दीपेन्द्रसिंह ऐरीमा निर्भर देखिएको छ । यूएईसँगको खेलमा विनोद भण्डारीले संयमित ब्याटिङ प्रदर्शन गरेका थिए भने मध्यक्रममा दीपेन्द्रको शतक मद्दतमा नेपालले राम्रो योगफल खडा गरेको थियो । त्यसअघिका दुई खेलमा पनि दीपेन्द्रले अर्धशतक बनाएका थिए । यूएईसँगकै खेलमा दीपेन्द्रको अर्धशतकमा नेपालले प्रतिस्पर्धात्मक योगफल खडा गरेर जित पनि निकाल्न सफल भयो भने ओमानसँग पराजित भएपनि दीपेन्द्रले आफ्नो उत्कृष्ट लय कायमै राखे । ओपनरसँगै शीर्ष ४ का अन्य ब्याटरबाट पनि राम्रो ब्याटिङ भएमा नेपालको मध्यक्रमलाई दबाब बढ्ने छैन र खुला रूपमा खेल्न पाउनेछन् । यसो हुँदा दीप
Comments
0 contributions
Join the discussion and share your perspective.
Retrieving feed...





