दीपेन्द्रलाई आइडल मान्ने ६ वर्षीय क्रिकेटर
ग्लोबलमा घटनाहरू बढ्दै जाँदा, यी भर्खरका रिपोर्टहरूको बहुआयामिक प्रकृतिलाई स्पष्ट परिप्रेक्ष्य ल्याउँदै, दीपेन्द्रलाइ आइडल माने 6 वर्षीय क्रिकेटरमा फोकस रहन्छ।
सानैबाट इन्डियन प्रिमियर लिग(आईपीएल) हेर्दै आएका एरोन महेन्द्रसिंह धोनीका फ्यान हुन् । नेपालमा भने उनले दीपेन्द्रसिंह ऐरीलाई आइडल मान्छन् । सन्दीप लामिछाने, विनोद भण्डारीलाई भेटिसकेका एरोनको इच्छा दीपेन्द्रलाई भेट्नु छ । २१ वैशाख, काठमाडौं । ६ वर्षीय क्रिकेटर एरोन विक्रम मल्लको ब्याटिङको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चित छ । एरोनले नवलपुरमा जारी यू–१४ एकेडेमी स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गरेको प्रदर्शनका कारण उनले प्रशंसा बटुलिरहेका छन् । रोयल क्रिकेट एकेडेमीको आयोजनामा नवलपुरमा जारी प्रतियोगितामा ६ वर्षीय एरोनले देखाएको आशाले धेरैको मन जित्न सफल भएको छ । देशका २० एकेडेमीका खेलाडी सहभागी प्रतियोगितामा एरोनले रोयल क्रिकेट एकेडेमी ‘बी’ बाट खेलिरहेका छन् । ३ खेलमा ६ वर्षीय एरोनले रन हान्न नसके पनि होल्ड गरेर लामो समय क्रिजमा रहिरहे । वान डे क्रिकेट एकेडेमीविरुद्ध उनले १७ बल सामना गरे । १७ बल खेलेर आउट हुँदा उनले २ रनमात्र जोडे । नेपथ्य तिलोत्तमा क्रिकेट एकेडेमीविरुद्ध पनि उनले १७ बल नै सामना गरे । १७ बलमा उनी एक रन जोडेर पभेलियन फर्किए । तेस्रो खेलमा उनी क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) भक्तपुरविरुद्ध २८ बलमा एक रन बनाए । बलले हातमा लाग्दा उनी रिटायर्ड हर्ट हुन पुगे । ‘रन त ल्याउन सक्दैन । पावर त छैन । पेस बल फाले पनि ढुक्क रोकेर खेल्छ । बलसँग डराउँदैन,’ एरोनका बुबा विकल विक्रम भन्छन् । टोलीका अन्य खेलाडी क्रिजमा टिक्न नसक्दा पनि एरोनले बल रोकेर ब्याटिङ गरिरहेका हुन्छन् । आफूभन्दा धेरै उमेरका बलरले फालेको बल पनि एरोनले अनुभवी शैलीमा ‘डिफेन्स’ गरिदिन्छन् । बुबा विकलका अनुसार एरोनलले २०–२५ वटा खेल खेलिसकेका छन् । एरोनले यसअघि गत माघमा काठमाडौंमा राइजिङ स्टार क
Comments
0 contributions
Join the discussion and share your perspective.
Retrieving feed...






