‘माफ गर आमा ! सम्झना बेचेर भविष्य किनेकी छु’
Strategic analysis from Global suggests a major shift in the climate surrounding ‘माफ गर आमा ! सम्झना बेचेर भविष्य किनेकी छु’, with long-term implications for the sector.
वसन्त ऋतुको त्यो बिहान। बेगनास तालको किनार। ताल वरिपरिका रूखमा नयाँ पालुवा उम्रँदै थिए। न पूरै हरियो, न त पूरै पहेंलो; उनीहरूले आफ्नो वास्तविक रङ देखाउन बाँकी नै थियो। तर त्यही अधुरो रङले पनि तालको रूपलाई अनौठो सौन्दर्यले भरिदिएको थियो। पानीमा ती रङहरूको छाया परेर ताल आफैं कुनै चित्रकारको अधुरो क्यानभास जस्तो देखिन्थ्यो। बिहानको चिसो हावाले तालका छालहरूलाई हल्का–हल्का जिस्काउँदै थियो। मानौं, उनीहरू पनि कुनै अदृश्य गीतमा झुमिरहेका थिए, म जस्तै। तालसँगै मनका कुराहरू साट्दै थिएँ- शब्द विना, आवाज विना, केवल एकान्त अनुभूतिमा। त्यो आवाजले मेरो र ताल बीचको मौन संवाद अचानक टुट्यो। म अलिकति झस्किएँ र पछाडि फर्केर हेरेँ। हातमा कफीको ट्रे समातेर एक युवती आइरहेकी थिई। उनको चाल सामान्य थियो तर आँखामा कुनै गहिरो थकान लुकेको जस्तो देखिन्थ्यो। उनले कफी टेबलमा राखिन्। मैले ‘गुड मर्निङ’ भन्न नपाउँदै उनले फेरि अलिकति फिक्का हाँसो हाँस्दै भनिन्, ‘ह्याप्पी मदर्स डे, म्याम !’ त्यो शब्द सुन्नासाथ एकछिन अचम्म परें। तालको शान्त सौन्दर्य र प्रतीक्षाको मौन पीडा बीच एउटा अदृश्य सम्बन्ध जस्तो महसुस भयो। उनले टाउको हल्लाउँदै भनिन्, ‘होइन नि, प्रतीक्षा (नाम परिवर्तन) हो। दाइहरूले मायाले बुने भन्नुहुन्छ।’ त्यो प्रश्नले उनको भित्र लुकेको घाउ छेडियो। उनको अनुहारको मुस्कान अचानक हरायो। आँखाभरि आँसु टिलपिलाउन थाले। एकछिन चुप लागेर विस्तारै उनले भनिन्, ‘आमाको।’ त्यो शब्द यति सानो थियो, तर त्यसको पीडा यति गहिरो र विशाल। उनले केही नबोली ट्रे समातिन् र चुपचाप फर्किन्। म त्यहीं बसेर हेरिरहें। ताल शान्त थियो। तर अब त्यो शान्त वातावरणमा एउटा अनकही कथा मिसिएको भान
Comments
0 contributions
Join the discussion and share your perspective.
Retrieving feed...




