प्रधानमन्त्रीले भने– ढुक्क हुनुस्, सुकुमवासीलाई चाँडै जग्गा वितरण गर्छौं
The regional desk in Global has highlighted प्रधानमन्त्रीले भने– ढुक्क हुनुस्, सुकुमवासीलाई चाँडै जग्गा वितरण गर्छौं as a priority event, following a series of verified updates from local observers.
सबै रिज्ल्ट हेर्नुस --> Comments Shares प्रधानमन्त्रीले भने– ढुक्क हुनुस्, सुकुमवासीलाई चाँडै जग्गा वितरण गर्छौं बालेनले प्रश्न गर्दै भनेका छन्– भोटको राजनीति यसरी नै सधैं गरिरहने ? 0Comments Shares अनलाइनखबर २०८३ वैशाख ११ गते १७:३५ ११ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुमवासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले एक स्टाटस लेख्दै वास्तविक सुकुमवासीलाई चाँडो जग्गा वितरण गर्ने पनि बताएका छन् । ‘देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पुर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौं,’ बालेनले भनेका छन्, ‘वर्षौं पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ । ढुक्क हुनुहोस् ।’ साथै, उनले वर्षाको बेलामा हुनसक्ने दुर्घटना आउनुअघि नै सचेत हुनका लागि यो काम भएको बताएका छन् । ‘अब पनि कुनै ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलबाड गर्दै त्यही हालमा छोडेर अधिकार र भोटको राजनीति यसरी नै सधैं गरिरहने ?,’ बालेनले प्रश्न गरेका छन् । ‘उहाँहरूलाई उचित ठाउँमा व्यवस्थापन गर्नु उपयुक्त हुन्छ कि जसरी वर्षौंदेखि झुलाइयो, त्यसै गरी अबका वर्षहरूमा पनि झुलाइराख्नू ?,’ बालेनले प्रश्न गरेका छन्, ‘नागरिकका रूपमा उहाँहरूले पाउने अधिकार त्यही अव्यवस्थित र डुबानको जोखिम भएको ठाउँमा बसिरहनु हो कि त्योभन्दा सुरक्षित ठाउँमा जानु हो ? पक्कै पनि जोखिमरहित व्यवस्थापन उहाँहरूको अधिकार हो ।’ ताजा अपडेट ट्रेन्डिङ प्रोफाइल सर्च समाचार समाज विचार/ब्लग साहित्य अन्तर्वार्ता खेलकुद़़ जीवनशैली/स्वास्थ्य प्रवास अन्तर्राष्ट्रिय बिजनेस बजार पर्यटन रोजगार बैंक / वित्त अटो सूचन
Comments
0 contributions
Join the discussion and share your perspective.
Retrieving feed...
